दफा ६१
मूल्याङ्कन पुनरावलोकन समिति सम्बन्धी व्यवस्था
(१) भन्सार अधिकृतले दफा १३ बमोजिम गरेको निर्णय वा आदेशउपर चित्त नबुझ्ने व्यक्तिले पुनरावलोकनको लागि त्यस्तो निर्णय वा आदेश भएको मितिले ०तीस दिनभित्र उपदफा (२) बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समिति समक्ष तोकिए बमोजिम निवेदन दिन सक्नेछ ।

(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले देहाय बमोजिमको मूल्याङ्कन पुनरावलोकन समिति गठन गर्नेछः-

(क) राजस्व प्रशासन सम्बन्धी ज्ञान र अनुभव भएको निजामती सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत “अध्यक्ष

(ख) भन्सार प्रशासन सम्बन्धमा राजपत्राङ्कित पदमा कम्तीमा तीन वर्षको अनुभव प्राप्त कम्तीमा रा.प. द्वितीय श्रेणीको बहालवाला व्यक्ति वा सोही अनुभव प्राप्त गरी सोही श्रेणीको पदबाट अवकाश प्राप्त व्यक्ति एकजना -सदस्य

(ग) अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा राजपत्राङ्कित पदमा कम्तीमा तीन वर्षको अनुभव प्राप्त कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको बहालवाला व्यक्ति एकजना -सदस्य

(३) उपदफा (२) “बमोजिमको मूल्याङ्कन पुनरावलोकन समितिको अध्यक्ष र सदस्यको पदावधि तीन वर्षको हुनेछ ।

(४) उपदफा (३) मा जुनसुकै कुरा उल्लेख भएको भए तापनि मूल्याङ्कन पुनरावलोकन समितिका अध्यक्ष वा सदस्यको कार्य क्षमताको अभाव भएमा वा निजले आफ्नो पद अनुकूलको आचरण नगरेमा वा इमान्दारीपूर्वक काम नगरेमा नेपाल सरकारले सफाई पेश गर्ने मौका दिई जुनसुकै बखत निजलाई सो पदबाट हटाउन सक्नेछ ।

(५) मूल्याङ्कन पुनरावलोकन समितिले यस दफा बमोजिम पुनरावलोकन गर्दा भन्सार अधिकृतले दफा १३ बमोजिम गरेको भन्सार मूल्याङ्कक ठीक भए नभएको सम्बन्धमा जाँचबुझ गरी भन्सार अधिकृतले गरेको मूल्याङ्कनलाई नै कायम गर्न, बदर गर्न, त्यस्ता मालवस्तुको यस ऐन बमोजिम मूल्याङ्कन गरिदिन वा भन्सार अधिकृतलाई पुनः मूल्याङ्कन गर्नको लागि आदेश दिन सक्नेछ । मूल्याङ्कन पुनरावलोकन समितिले त्यसरी मूल्याङ्कन कायम गर्दा, बदर गर्दा, मूल्याङ्कन गर्दा वा पुनः मूल्याङ्कनको लागि आदेश दिँदा स्पष्ट कारण र आधार समेत खुलाउनु पर्नेछ ।

(६) उपदफा (२) बमोजिम गठित मूल्याङ्कन पुनरावलोकन समितिको अन्य काम, कर्तव्य, अधिकार, कार्यविधि र सो समितिका अध्यक्ष तथा सदस्यको पारिश्रमिक एवं सेवाका शर्त तोकिए बमोजिम हुनेछन्‌ ।

(७) उपदफा (१) बमोजिम निवेदन दिने व्यक्तिले त्यस्तो निवेदन दिनु अघि भन्सार अधिकृतले दफा १३ बमोजिम गरेको मूल्याङ्कन अनुसार लाग्ने महसुल रकम भन्सार कार्यालयमा धरौटी राखु पर्नेछ ।

(८) मूल्याङ्कन पुनरावलोकन समितिले उपदफा (५) बमोजिम पुनरावलोकन गर्दा दफा १३ को उपदफा (१) बमोजिम गर्नेछ ।